आज रातिबाट जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने

Big Banner News समाचार सूचना प्रविधि

काठमाडौं । शनिबार अर्थात आज रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने नेपाल टेलिकमले बताएको छ । टेलिकमले एक सूचना जारी गर्दै आफ्नो सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले त्यस कारण सेवामा समस्या देखिन सक्ने जनाएको हो ।

शनिबार राति ११:३० बजेबाट मोबाइल सेवामा केही समस्या देखिन सक्ने टेलिकमले बताएको छ । सिस्टम अपग्रेड हुँदा सेवामा कुनै समस्या आए मोबाइल अफ गरेर पुनः अन गर्न टेलिकमले सुझाव समेत दिएको छ । फोरजी सेवा अपग्रेड गर्दा देखिने समान्य समस्या भएकाले सकारात्मक सहयोग गर्न टेलिकमले आम ग्राहकसँग आग्रह गरेको छ ।

हाल टेलिकमको फोरजी सेवा विस्तारको काम भइरहेको छ । आगामी माघसम्म देशभर नै फोर(जी सेवा विस्तार गर्ने गरी चिनियाँ कम्पनीहरुले काम गरिरहेका छन् ।