आहा ! कति राम्राे रामेछापको भालुखोप, घुम्न जाने हैन ?

Big Banner News फोटो फिचर

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा गर्मी खप्न नसक्नेहरुलाई नयाँ गन्तव्य बनेको छ, रामेछापको भालुखोप । जहाँको मौसमले आन्तरिक पर्यटक तानिरहेको छ । भालुखोप चिसो छ ।

वरिपरी धेरै परसम्मका दृष्य देखिन्छन्। हिमाल खुलेका बेला पश्चिमको गणेश हिमालदेखि नुम्बुरसम्म लस्करै हिमाल देखिने भालुखोप गर्मी मौसमका लागि उत्कृष्ट गन्तव्य हो। रामेछाप जिल्लाको रामेछाप नगरपालिका भित्वर पर्ने यस क्षेत्रमा  रामेछाप जिल्लाकै ऐतिहासिक, धार्मिक एवं पर्यटकिय स्थल तारकेश्वर महादेव मन्दिर , ताराखसे पोखरी , भालुखोप डाँडा लगायतको सुन्दर एवम मनोरम दृश्यहरु ले जाे काेहिलाइ माेहित बनाउछ ।

रामेछाप नगरपालिकाले भालुखोप डाडाँलाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना अघि सारेको छ। भालुखोपमा भ्यू टावरको निर्माणका लागि नगरपालिकाले योजना बनाएको छ। रामेछाप बजारसम्म सडक कालोपत्रे भएको छ। रामेछापबाट भालुखोपसम्मको सडकलाई समेत कालोपत्रे गरेर आन्तरिक पर्यटनको विकास गर्ने लक्ष्य रहेको नगर प्रमुख नगरबहादुर मगरले बताए।

भालुखोप डाडाँमा पर्यटकहरुलाइ आर्कषण गर्ने क्रियाकलाप नगरपालिकाबाट अघि बढेपछि स्थानीय बासिन्दाले होटल तथा लजमा लगानी थालेका छन। यसै साता भालुखोपमा खुलेको साङगेल गेष्ट हाउसका सञ्चालक लालबहादुर तामाङ्गले भने, ‘अब भालुखोप आउनेले बास पाइन भनेर फर्कनु पर्दैन।’

खानेकुरामा भालुखोप पहिल्यै कहलिएको थियो। लोकल कुखुरा अनि ढिडो यहाँको स्वादिष्ट खाना हो। चिसो मौसममा अकबरे खोर्सानी अनि टिम्बुरको स्वादमा पल्केका स्थानीयहरु भालुखोप धेरै पटक धाइसकेका छन्। राम्रो बासको व्यवस्था नहुँदा रातीको बसाईमा समस्या थियो स्थानीय सुक्रबहादुर तामागंले भने, ‘अब विस्तारै लजहरु खुल्न थालेका छन्।’

नजिकै जंगल, टाढाको दृष्यावलकोनका लागि अग्लो थुम्को, बनभोज खानका लागि रमणीय पार्क भालुखोपका थप आकर्षक हुन। त्यस माथि व्यवसायिक जुनार सुन्तला खेती क्षेत्रमा पर्ने भएकाले मंसिर पुसमा पुग्नेले बेग्लै रमाइलोको अनुभुति समेत गर्न सक्छ।

भालुखोपमा आन्तरिक र बाह्य पर्यटक यस कारण पनि तान्न सकिन्छ कि उक्त स्थानमा सबै परिकार स्थानीय नै हुन्छन। ‘हरेक प्रकारका तरकारी, फलफुल अनि लोकल भाले यहि नै पाइन्छन्’ स्थानीय व्यवसायी मोहन श्रेष्ठले भने, ‘लोकल पाइदैन कि भन्ने चिन्ता हैन, कि घर कति लाने भनेर योजना वनाएर आउदा हुन्छ।’ भालुखोपमा पुगेर कोसेली नबोकी फर्कने कमै छन्।

जिल्ला सदरमुकाम मन्थलीबाट २० किलोमिटर टाढाको भालुखोपलाई थप पुर्वाधारको विकास गर्ने उद्देश्यले जिल्ला वन कार्यालय, जिल्ला भू संरक्षण कार्यालय लगाएतले लगानी गर्दै आएका छन्। त्यस क्षेत्रलाइ व्यवस्थित विकास गर्न सकियो भने आन्तरिक मात्र नभै बाह्य पर्यटकहरुलाइ पनि १र२ दिनको बास बनाउन सक्ने अवस्था छ श्रेष्ठले भने।
हेर्नुहोस केहि फाटो फिचर