प्रथम माकादुम वडा अध्यक्ष कप भलिवल प्रतियोगिताको उपाधि पकरबासलाई

खेलकुद प्रदेश ३ समाचार

रामेछाप । जिल्लाको खाँडादेवी गाँउपालिका वडा नं.६ माकादुममा आयोजन गरीएको प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि खाँडादेबि गाँउपालिका वडा नं. ४ पकरबासको टिमले जितेको छ । प्रथम भए सँगै पकरबासले नगद रु ५५ हजार ५ सय ५५ सहित सिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
त्यस्तै आयोजक वडा नं. ६ माकादुम खेलकुद विकास समिति द्धितिय भएको छ । दोस्रो स्थान हासिल गरेको आयोजक टिमले ४४ हजाार ४ सय ४४ नगद सहित सिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

त्यस्तै ३३ हजार ३ सय ३३ रुपैया नगद, सिल्ड मेडल र प्रमाण पत्र सहित वडा नं. ७ को योङ्गहट टिमु तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

यहि कार्तीक १३ गते देखी ३ दिनसम्म चलेको भलिबल प्रतियोगितामा खाँडादेवी गाउँपालिका भित्रका १८ वटा भलिवल टीमले भाग लिएको आयोजक माकादुम खेलकुद विकास समितिका अध्यक्ष प्रतिक लामाले जानकारी दिए । भलिबल प्रतियानेगीता सँगै दशै तिहार बिशेष शुभकामना आदानप्रदान र बृहत सास्कृतक कार्यक्रम पनि गरीएको थियो । कार्यक्रममा प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, नेकपाका केन्द्रिय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज तथा पुर्वसांसद देवशंकर पौडेल, नेकपा रामेछापका नेता आनन्द श्रेष्ठ, खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ, उपाध्यक्ष मखमली श्रेष्ठ, वडा नं ४ का वडाअध्यक्ष पुष्कर कार्की, युवा संघका केन्द्रिय सदस्य कृष्णहरी केसी लगायतका स्थानिय नेता,समाजसेविकाे सहभागीता रहेकाे थियाे ।

उक्त कार्यक्रमलाई वडा कार्यालय माकादुमले प्रायोजन गरीदिएको थियो । कार्यक्रमको सह-प्रायोजकहरुमा श्री पर्यटन ब्यवसायीक सहकारी सस्था माकादुम रामेछाप, सिद्धदेबी महिला बचत तथा ऋण सहकारी सस्था माकादुम, एकिकृत एंव परिवर्तनशिल युवा क्लव माकादुम र माकादुम युवा एकता समाज रहेका थिए ।