महरा-महिला सम्बन्ध : आफ्नै ‘माइन्ड’ आफूविरुद्ध लाग्दा

विचार/ब्लग समाचार

■ बबिता बस्नेत

प्रायः गम्भीर मुद्रामा देखिने निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोप र उहाँको वर्तमान अवस्था हेर्दा जोकोहीलाई सिनेमा हेरिरहेझैँ लाग्छ, लागिरहेको छ । मानिसको जीवनमा कहिलेकाहीँ सोच्दै नसोचेका घटनाहरू हुन्छन्, त्यस्तै नसोचिएकोमध्ये आँखैअगाडि भएको एउटा घटनाको रूपमा यसलाई लिन सकिन्छ । अलिकति अगाडिसम्म राज्यको उच्च ओहोदामा रहेका व्यक्ति अकस्मात् बलात्कारीको रूपमा विश्वव्यापी हुँदा खै के–के जस्तो, धेरैलाई विश्वास गर्नैै गाह्रो भएको घटना पनि हो यो ।

घटना बाहिर आएपछि के भएको होला भन्ने जिज्ञासा त स्वाभाविकै रूपले सबैलाई भयो नै, साथमा यो साँच्चिकै बलात्कार हो या सम्बन्धमा आएको खटपटको परिणाम हो ? भन्नेबारेमा पनि चौतर्फी चर्चा भयो, भइरहेकै छ । बलात्कार र महिला–पुरुषबीचको स्वाभाविक, अस्वाभाविक सम्बन्ध फरक कुरा हुन् । साथै एउटी महिला बलात्कृत हुनु जति पीडादायी हो, यदि निर्दोष रहेछ भने एउटा पुरुषमाथि बलात्कारको आरोप लाग्नु त्यति नै पीडादायी कुरा हो । महरा मुद्दामा दुईजनाबीचको चिनजान र आउजाउ पुरानै भएको दुवैले स्वीकारेको अवस्था छ । दुवैजनालाई नजिकबाट चिन्नेहरू पनि त्यत्तिकै छन् ।

वर्षौंदेखि विभिन्न अवस्थाबाट गुज्रिएका सम्बन्धहरूको अन्त्य कसरी हुन्छ यसै भन्न सकिन्न, तत्कालीन परिस्थिति र सम्बन्धित व्यक्तिहरूको सोचमा भर पर्छ । कस्तो नियत र उद्देश्यबाट सम्बन्धको सुरुवात भएको थियो भन्ने कुराले पनि अर्थ राख्छ । एक–अर्काको दुःखसुखमा सहभागी बनुँ भन्ने भन्दा पनि दुई–चार दिन रमाइलो गरुँ टाइपका सम्बन्धहरू हाम्रो समाजमा यत्रतत्र देखिन्छन्, भेटिन्छन् ।

महरा र ती महिलाको सम्बन्धको पृष्ठभूमि नियाल्दा वर्षौंदेखि एक–अर्कालाई सहयोग गरेको देखिन्छ । महरा मन्त्री हुँदा उनलाई मन्त्रालयको सचिवालयमा राख्नुदेखि उनका छोराछोरी, श्रीमान् सबैसँगको आत्मीय सम्बन्ध हेर्दा अहिले उत्पन्न परिस्थिति अकस्मात् आइपरेको दशाजस्तो लाग्छ । दुवैजना विवाहित भएको परिस्थितिमा यसप्रकारको सम्बन्धलाई निरन्तरता दिन हुन्थ्यो–हुँदैनथ्यो नैतिक प्रश्न होला, तर विवाहेत्तर सम्बन्धबारे अनुसन्धान गर्ने हो भने हाम्रो समाज नसोचेको परिणाम आउने अवस्थामा रहेको प्रमाणित हुने तथ्याङ्क आउनेछ भन्नलाई हिच्किचाउनुपर्ने अवस्था छैन । यही ग्राफभित्रको एउटा पात्र अहिले सिनेमाको पात्रझैँ प्रहरी हिरासतमा पुगेको छ ।

सम्बन्धमा आएका खटपटले यसैगरी बलात्कारको रूप लिने हो भने यो देशका अधिकांश पुरुष अहिले जेलमा हुन्थे, हुन्छन्, हुनेछन् । जसभित्र निकै ठूला–ठूला ओहोदामा भएका मानिसहरू पनि पर्नेछन् ।

सम्बन्धमा हाँसो, खुसी, सम्वेदना, झगडा सबै हुन्छन् । यहाँ कुटपिटसमेत भएकाले यो सम्बन्ध अलि अस्वस्थ रूपमा अघि बढिरहेको अनुमान गर्न सकिन्छ । आफूमाथि बलात्कार भएको भनी प्रहरी बोलाएर घटनाको विवरण र प्रमाणहरू प्रहरीसमक्ष राखेकी महिलाले पछि पटकपटक बयान मात्र फेरिनन्, घटना भएकै होइन भनी बयान दिनका लागि अदालत नै पुगिन् । यसको अर्थ के हो भने एकैछिन आफूलाई सम्हाल्न नसक्दाको परिणामले सोचेभन्दा कैयौँ गुणा विकराल रूप लिँदा उनलाई ग्लानि भएको छ । त्यसैले उनी पटकपटक अदालत पुगेकी छिन् । आफू के बोलिरहेकी छु भनी थाहै नपाउने गरी मिडियामा प्रस्तुत भइरहेकी छिन् । आफूले आफैँलाई सम्हाल्न सक्नु जीवनमा सबैभन्दा ठूलो कुरा हो ।

सही तरिकाले उपयोग गर्न सकेन भने मानिसको ‘माइन्ड’ हतियारभन्दा कैयौँ गुणा डरलाग्दो हुन्छ । बलात्कार पनि माइन्डले गर्ने हो, हतियार पनि माइन्डले चलाउने हो । जिन्दगीलाई एकै छिनमा ध्वस्त पनि यसैले गर्छ, व्यवस्थापन पनि यसैले गर्छ । आफ्नै सोचको व्यवस्थापन गर्न नसक्दा मानिसले जीवनमा नसोचेका परिणामहरू भोग्नुपर्ने हुन्छ । त्यही माइन्ड थियो जसले एक–अर्काबीच सम्बन्ध विस्तार ग¥यो । त्यही माइन्ड जसले वर्षौंदेखि सम्बन्ध रह