यहाँबाट सित्तैमा हेर्नुहोस् यस बर्षकाे सफल चलचित्र ‘जात्रै जात्रा’

मनोरञ्जन

काठमाडौं । बिपिन कार्की र वर्षा राउतको अभिनय रहेको चलचित्र जात्रै जात्रा इन्टरनेटमा सार्वजनिक भएको छ । चलचित्र शुक्रबार आइफिल्क्समा सार्वजनिक भएको हो ।

चलचित्र जात्राको सफलता पछि निर्देशक प्रदीप भट्टराई र निर्माता रविन्द्र सिंह बानियाँले चलचित्रको निर्माण गरेका थिए । चलचित्रले बक्स अफिसमा पनि एकदमै राम्रो व्यापार गरेको थियो । हलमा दर्शकहरुले मनपराएको चलचित्र ५१ दिनसम्म चलेको थियो ।

चलचित्रमा बिपिन र वर्षाको अलावा स्वयं निर्माता बानियाँ, रविन्द्र झा, प्रकाश घिमिरे, दयाहाङ राई लगायतकाहरुको अभिनय छ । चलचित्र यहाँबाट हेर्नुहाेस् ।