Big Banner News

भारतले लकडाउनको अवधि एक महिना थप गर्दै संक्रमण नदेखिएका ठाउँमा भने खुकुलो बनाउने निर्णय गरेको छ ।

भारतीय गृह मन्त्रालयले पाँचौ चरणको लकडाउन जुन ३० सम्म लागू गर्ने निर्णय गरेको हो । भारतमा चौथो चरणको लकडाउन मे ३१ अर्थात आइतबार समाप्त हुँदैछ । लकडाउनको अवधि लम्ब्याइए पनि संक्रमणको अवस्था हेरेर केहि खुकुलो पारीने गृह मन्त्रालयलले जनाएको छ । संक्रमण भेटिएको क्षेत्र बाहेकका क्षेत्रमा चरणबद्ध रुपमा सबै चिज सुचारु गरिने बताइएको छ ।

पहिलो चरणमा जुन ८ देखि सबै धार्मिक स्थल, होटेल, रेस्टुरेन्ट, सैलुन र सपिङ सेन्टर तथा मलहरु खोलिने छ । त्यस्तै दोस्रो चरणमा विद्यालय, कलेज लगायतका शिक्षण संस्थाहरु राज्य सरकारसगको परामर्शमा खोलिने बताइएको छ । त्यस्तै एउटा राज्यबाट अर्को राज्यको यात्रामा लागेको प्रतिबन्ध पनि हटाइएको छ । अन्तराष्ट्रिय हवाई उडान, मेट्रो रेल सञ्चालन, सिनेमा घर, जिम, स्विमिङ पुल, थियटर लगायतका क्षेत्र सुचारु गर्ने बारेमा भने तेस्रो चरणमा निर्णय हुन सक्ने बताइएको छ ।

भारतमा लकडाउन

पहिलो चरण : २५ मार्चदेखि १४ अप्रिल सम्म २१ दिन रह्यो। यस क्रममा केबल जरुरी सामानको दोकान खोल्ने अनुमति दिइएको थियो।

दोस्रो चरण : १५ अप्रिलदेखि ३ मे सम्म १९ दिन जारी रह्यो। हटस्पट (रेड जोन) लाई छोडेर ओरेन्ज र ग्रीन जोनमा दोकान खोल्ने अनुमति दिइयो।

तेस्रो चरण : ४ मेदेखि १७ मेसम्म १२ दिन रह्यो। हटस्पट (रेड जोन) छोडेर ओरेन्ज र ग्रीन जोनमा दोकान खोल्ने अनुमति दिइयो। यसका अलावा, प्रवासी मजदुरका लागि रेल र बस चलाइयो। नयाँ दिल्लीबाट विशेष ट्रेन पनि चलाइयो। बन्दे भारत र समुद्र सेतु मिशनमार्फत अन्य देशमा फसेका नागरिक ल्याइयो।

चौथो चरण : १८ मेदेखि ३१ मेसम्म। यस चरणमा सरकारले राज्यलाई कोरोना संक्रमण अनुसार रेड, ‌ओरेन्ज र ग्रीन तय गर्ने छुट दिएको छ। बस चलाउने पनि अनुमति दिएको छ। सपिङ मलका अलावा सबै दोकान खोल्ने अनुमति पनि दिइयो। त्यसपछि अलग्गै घोषणा गरेर २५ मे देखि घरेलु पनि सुरु गरियो।