रामेछापमा आज एकैदिन १८ जनामा कोरोना संक्रमण पुष्टि

Big Banner News प्रदेश ३ समाचार

रामेछापमा शुक्रबार १७ जनामा कोरोना संक्रमण देखीएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङको क्रममा प्रवक्ता डा विकास देवकोटाले धुलिखेल अस्पतालमा पीसीआर परीक्षण गरिएका रामेछापमा १७ जनामा कोरोना संक्रमण देखीएको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार संक्रमण पुष्टि हुनेहरु १७ देखी ४९ वर्ष सम्मका पुरुष रहेका छन् । जिल्लाको गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जनामा कोरोना पुष्टि भएको छ । हिजो बिहिबार रामेछाप जिल्लाका ६४ जनाको स्वाब संकलन गरेर परीक्षण गर्न काठमाडौं पठाइएको थियो । उनिहरु भारतबाट जिल्ला फर्किएर हाल क्वारेन्टाइनमा बसिरहेका ब्यक्तीहरु हुन । मन्त्रालयका अनुसार रामेछाप स्थायी घर भई जुम्लामा कार्यरत एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।यो सँगै आज मात्रै रामेछाप घर भएका १८ जनामा कोरोना संक्रमण्न पुष्टि भएको छ ।

हाल सम्म नेपालमा संक्रमितको संख्या २ हजार ९ सय २२ पुगेको छ । मन्त्रालयका अनुसार आज कोरोना संक्रमण पुष्‍टि भएकाहरूमा दोलखाका १, काभ्रेका ५, सुनसरीका २१, झापाका ११, मोरङका ६, अर्चाखाचीका १, नवलपरासीका २, पाल्पाका १, रुपन्देहीका १८, सिन्धुलीका ३, बाराका ३, तनहुँका २ जना छन्। त्यस्तै भोजपुरका ५, कैलालीका ४, अछामका १, बझाङका १, डडेल्धुराका ५, दैलेखका ९०, जुम्लाका ३, हुम्लाका १, , गोरखाका १, सुर्खेतका १, दाङका १, धनुषाका ४, गुल्मीका १, कपिलवस्तुका ४४, कास्कीका १, महोत्तरीका १७ र रौतहटका ६ जनामा कोरोना संक्रमण फेला परेको छ।