‘यहाँ घुस नखाने को छ र !’

Big Banner News समाचार

काठमाडौं । पूर्व प्रशासक राजनराज पाण्डेले राजनीतिक नेतृत्व नसुध्रिएसम्म मुलुकमा भ्रष्टाचार नियन्त्रण नहुने बताउनुभएको छ । जनता टेलिभिजनको कार्यक्रम खुलामञ्चमा मन्त्रीले फलानो आयोजना पारिदिनु भनेर गैरकानूनी ढंगले तोक आदेश गरेदेखि शुरु हुने अनियमितताको श्रुंखला निरन्तर जारी रहने बताउँदै पूर्व प्रशासक पाण्डेले भ्रष्टाचारमा गम्भीर ढंगले अनुसन्धान गर्ने हो भने मन्त्री र कर्मचारी ९८ प्रतिशतको हाराहारीमा जेल जाने बताउनुभयो ।

जागिर जोगाउन र मन्त्रीलाई खुशी पारेर आफ्नो पनि खल्ती भर्न कतिपय कर्मचारीले आफूले पनि गलत काम गर्ने गरेको र मन्त्रीलाई पनि गलत काम गर्न उक्साउने गरेको उहाँले बताउनुभयो ।

त्यस्तै, संसदको विकास तथा प्रविधि समितिका सदस्यसमेत रहनुभएका सांसद गणेशकुमार पहाडीले कतिपय विकासका आयोजनाहरु बेथितिले चुर्लुम्मै डुबेको जानकारी दिँदै अब मुलुकमा विकासको मोडेलकै बारेमा गम्भीर छलफल गर्नुपर्ने बताउनुभयो । तराईका खोलाहरुमा थुप्रिएका गिटी बालुवा नझिक्ने हो भने तराईमा डुवानको समस्या झन् बढ्छ तर हाम्रा ऐन नियमहरुले त्यसो गर्न दिदैन । सांसद पहाडीले भन्नुभयो, ‘त्यसैले विकासमैत्री कानुन बनाउनु आवश्यक छ ।’

https://youtu.be/dW_uq8tEv9Y?list=PLT8LMrml4tPGwvpdQ7IOz1tt1qxWSyF4G